Pardehshilife

चितवन सम्पर्क समिती दक्षीण कोरियाको अध्यक्ष मा- लिलाकान्त महतो

चितवन सम्पर्क समिती द.कोरियाको अध्यक्षमा लिलाकान्त महतो निर्विरोध निर्वाचित हुनुभयको छ। यही मार्च २४ तारिक मा कोरियाको राजधानी सउल मा रहेको नेपाल हाउसमा भयको पन्ध्रौं अधिबेशन बाट उहाँ अध्यक्ष मा निर्वाचित हुनुभयको हो। उक्त अधिबेसन ले महतो को नेतृत्व मा १३ सदस्यीय नया कार्यसमिती चयन गरेको छ जसको बरिस्ठ उपाध्यक्षमा बिजय अर्याल लाई चयन गरेको छ भने अन्य दुई उपाध्यक्षमा समर थापा र जमुना थपा चयन हुनुभयको छ । माहासचिब मा यम रिजाल सचिब मा अमर चाैधरी कोषाध्यक्षमा अमीत चाैधरी चयन हुनु भयको छ।

भोला पाैडेल को अध्यक्षतामा संचालन भयको अधिबेसको खुला सत्रमा भरतपुर महानगरपालिका वडा नं २२ का अध्यक्ष बिष्णु राज महतो , १९ का अध्यक्ष कर्ण बाहादुर गुरुङ , NRN दक्षिण कोरियाका बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङ, प्रदेश नं ३ एकता समाज द.कोरिया अध्यक्ष किशोर ब्लोन, चितवन सम्पर्क समिती द.कोरियाका प्रमुख सल्लाहकार गिरीराज कुवर, पत्रकार महासंघ द.कोरिया साखाका उपाध्यक्ष दुर्लभ बन्धु पोखरेल लगायत विभिन्न संघ संस्था का अध्यक्ष हरुले शुभकामना व्यक्तगर्नु भयको थियो ।

सम्बन्धित समाचार

लोड हुदै....