Pardehshilife

चितवन सम्पर्क समिति कोरियाद्वारा रचनात्मक कार्यक्रम सहित न्यानो कपडा बितरण

चितवन सम्पर्क समिति कोरियाद्वारा रचनात्मक कार्यक्रम सहित न्यानो कपडा बितरण

सुलभ बन्धु पोखरेल चितवन- चितवन सम्पर्क समिति द कोरियाले चितवनमा अध्ययन गराइरहेका बिधार्थीहरुलाई पुष ७ गते कृष्णपुर माबिको प्राङ्गण मा न्यानो कपडा बितरण सहित पिकनिक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ्।

चितवन मा रहेका असहाय बालबालिकालाई सहयोग गरिरहेको सम्पर्क समितिले आफुले अध्ययन गराइरहेका सबै बालबालिकालाई एकै ठाउमा भेला गराएको यो पहिलो पटक हो। चितवन सम्पर्क समिति द कोरियाका बरिष्ट सल्लाहकार , चितवन यूवा समूह अन्तराष्ट्रीय समन्वय समितिका सल्लाहकार ,समितिका पुर्व पदाधिकारी , चितवन कोरिया पुनर्मिलन समाजका ब्यक्तिहरु , शिक्षक , अबिभाबक र बिधार्थीहरु सम्लग्न रहेर गरिएको यो कार्यक्रमले एक अर्कामा आत्मिएता बढेको र एकै परिवार बनेर गरिएको भेटधाटले थप हौसला मिलेको सस्थाका पुर्व अध्यक्ष इन्द्र न्यौपानेले बताउनु भयो।

चितवन सम्पर्क समितिले अक्षयकोषमा रहेको रकम थप गर्न पहल गरिरहेको जानकारी गराउदै प्रत्यक्ष भेटघाट भएर सगै कार्यक्रम गर्न पाएकोमा अनि भाइबहिनिले गरेको प्रगति देखेर आत्मसन्तुस्टी मिलेको सस्थाका बरिष्ट सल्लाहकार गिरिराज कुवरले बताउनु भयो। बिधार्थीको तर्फबाट निशा परियारले हामिजस्ता असहाय बालबालिकालाई अध्ययन गराएर पुण्यको काम गरेकोमा सस्थालाई धन्यवाद दिदै सस्थाको लगानि खेर नफाल्ने कुरामा जोड दिएकि थिइन्। अबिभावकको तर्फबाट राम कुमार श्रेष्ठ ले समितिको सहयोगमा नतमस्तक रहेको र बाबुनानिहरुको हसिलो मुहार देख्दा सन्तुष्टि मिल्ने गरेको बताउनु भयो।

कार्यक्रम मा राजन श्रेष्ठ , टक पौडेल , राजिब गुरुङ लगाएत ले शुभकामना मन्तव्य राख्नु भएको थियो। न्यानो कपडा बितरण पस्चात खानपिन गरेर सबैजना नाचगान गरेका थिए । तेहि बिचमा बिधार्थी बिच निबन्ध प्रतियोगिता गराइएको थियो । सो प्रतियोगितामा सहिद स्मृति माबि पारसनगरकि छात्रा प्रतिक्षा रिमाल प्रथम भएकि थिइन्। निकै रमाइलो र आत्मिएताका साथ गरीएको भेटघाट कार्यक्रमको अध्यक्षता चितवन कोरिया पुनर्मिलन समाजका अध्यक्ष डम्बर रानाले गर्नुभएको थियो भने कार्यक्रम कार्यक्रम सन्चालन सुलभ बन्धु पोखरेल ले गर्नु भएको थियो।

सम्बन्धित समाचार

लोड हुदै....