Pardehshilife

“गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगशाला ” निर्माणमा नेपाल पत्रकार महासंघ दक्षिण कोरीया शाखाले सहयोग अभियान संचालन गर्ने

 


मिन बि क दक्षिण कोरिया
धुर्मुश सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण गर्न लागीएको क्रिकेट रंगशाला निर्माण सहयोगको बिषयमा कोरियामा रहेका नेपालीहरु ,एन आर एन ए ,सामाजिक अभियान्ता, राष्ट्रप्रेमी, बुद्दिजिवि, ब्यापारीहरु साथै काेरियामा कृयाशिल बिभिन्न संघसंस्थाहरु संग सहकार्य गर्दै नेपाल पत्रकार महासंघ दक्षिण कोरीया शाखाको अगुवाइमा बृहत सहयाेग अभियान संचालन गर्ने भएको छ।
कोरियाको विभिन्न क्षेत्रमा छरीएर रहनुभएका सम्पूर्ण कोरियाबासी नेपालीहरुको साझा अभियान बनाएर सम्पूर्ण नेपालीहरुलाई समेट्ने गरी यस अभियानमा हातेमालो गर्दै आ आफ्नो क्षमताले सक्ने जति सहयोग गरी रंगशाला निर्माणमा सहयोग गर्न पत्रकार महाशाखाले अपिल गरेको छ ।
हालसालै राष्ट्रीय सभागृह भृकुटिमण्डपमा धुर्मुश सुन्तली फाउण्डेशनले एक कार्यक्रमको आयोजना गरी देशकै पहिलो अन्तराष्ट्रीय मापदण्ड सहितको बहुउद्देश्यीय , मौलिक क्रिकेट रंगशाला बनाउने घोषणा गरे ।
“गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगशाला ” निर्माण घोषणा गरेको यो ऐतिहासीक दिनले थप उर्जा,जोश जाँगर र सक्रियता थपिएको भन्दै सिताराम कट्टेलले सहयोगको लागी अपिल गर्दै गर्दा कोरियामा बगाएका पसिनाहरुले आफ्नै देश सिंचाई गर्न पछि हट्नु हुदैन भन्ने शाखाका अध्यक्ष रंजन राज कुँवरको भनाइ छ ।

देशमा अहिले सम्म एउटा पनि अन्तराष्ट्रीय मापदण्डको क्रिकेट खेलमैदान नभएको हुँदा यो घोषणाले निकै खुशी भएका छन् खेलप्रेमीहरु ।देश तथा बिदेशमा बस्ने खेलप्रेमी नेपालीहरुले सहयोग गरेरै खेलमैदान निर्माण गर्ने कुरामा सिताराम कट्टेल धुर्मुस पनि ढुक्क रहेका छन् ।
देशमा अहिले सम्म एउटा पनि अन्तराष्ट्रीय मापदण्डको क्रिकेट खेलमैदान नभएको हुँदा नेपाली खेलाडीहरुले अभ्यासको लागी भोग्नुपरेको समस्या , अन्तराष्ट्रीय स्तरका खेलहरु आयोजना गर्न परेको समस्याको बिषयमा हामी सम्पूर्ण नेपालीहरुलाई अबगत नै छ । देशले क्रिकेटमा गरेको उपलब्धी देख्दै गर्दा आबश्यक पुर्बाधारहरुको बिकास भएको खण्डमा अझै कति उपलब्धिहरु र मेडलहरु हाम्रो हात पर्थ्यो होला ?
थोपा थोपा मिलेर नै सागर बन्ने हो । सरकारको मुख मात्रै हेरेर हुँदैन देश बिकासमा हामीले पनि हाम्रो ठाउँबाट गर्न सक्ने सहयोग गर्न भने पछि हट्नु हुदैन ।

जय देश /जय राष्ट्र

सम्बन्धित समाचार

लोड हुदै....