Pardehshilife

गैरअावासिय नेपाली संघ(NRNA) दक्षिण कोरिया द्वारा श्रद्दाञ्जली सभा सम्पन्न

साैल,दक्षिण काेरिया


यहि फाल्गुन १५ गर्ने ताप्लेजुङ को फुङलिङ, १० सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका नेकपाका केन्द्रिय सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य ६ जना विशिष्ट नागरिकहरुको सम्झनामा गैरअावासिय नेपाली संघ(NRNA) दक्षिण कोरिया द्वारा श्रद्दाञ्जली सभा सम्पन्न गरेको छ ।

राजधानी सउल ( तोङ्देमुन) स्थित नेपाल हाउस मा आयोजित उक्त कार्यक्रममा श्रद्दाञ्जली व्यक्त गर्न गैरअाबासिय नेपाली संघ (NRNA) का पधाधिकारी, विभिन्न संघ संस्था का प्रतिनिधि तथा नेपाली समुदायको उपस्थिती रहेको थियो उक्त कार्यक्रममा NRNA दक्षिण कोरियाका निवर्तमान अध्यक्ष राजु क्षेत्री , वरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ ,अध्यक्ष लक्ष्मी लामा लगायत ले शोक मन्तब्य व्यक्त गर्नुभयको थियो । मन्तबय दिने क्रममा सबैजनाले देशले एक देशभक्त बिकास प्रेमी,संस्कृति प्रेमी र बहुआयामिक व्यक्तित्व गुमाउनपरेकोमा दुख व्यक्त गर्दै उहाहरुको अात्मा को चिरशान्ती को कामना गर्नु भयो ।

सम्बन्धित समाचार

लोड हुदै....