Pardehshilife

गजल

बसन्तको पालुवा झै साल फेरिए हुन्थ्यो
देशमा अब समृद्धीको ताल फेरिए हुन्थ्यो

न जाडो मा न्यानो पाइयो न गर्मिमा छहारी
ओत लाग्दा च्यातिएका पाल फेरिए हुन्थ्यो

भकारीमा अन्न छैन खल्ति सधै रित्तो भा छ
खोले सिस्नु कति खानु दाल फेरिए हुन्थ्यो

डसिरह्यो बिपत्ति र प्रकोपले हामि लाई नै
अब उस्तै परिस्थिति र हाल फेरिए हुन्थ्यो

दुख देख्दा अरुको ,आफ्नो मुटु दुख्ने खाले
हाम्रो देशका नेताहरुको चाल फेरिए हुन्थ्यो
पोखरेल सुलभ बन्धु
माडी चितवन

सम्बन्धित समाचार

लोड हुदै....