Pardehshilife

कोरियनसंगको विवाहले नेपाली चेली पिडित

हाम्रो वा वाजेका पालामा विवाहलाई घर काम धन्धामा सघाउनको लागि भनि छोराको विवाह गरी वुहारी ल्याउने चलन थियो । अहिलेपनि यदाकदा यस्ता सोचाई र चलन नसुनिएका त होइनन तैपनि अहिले मानिसको चेतनास्तर संगै विवाह भनेको एक आपसमा मन मिल्यो । जिन्दगी भरी सहारा लिने दिने कसम विवाह पहिले नै खाने गरेका पनि छन । बा आमाले मागि विहे गराउने र प्रेम विवाह अहिले हाम्रो देशमा बढी प्रचलनमा छन् । अदालतमा गई गरिने कोर्ट म्यारिज । त्यती चल्तीमा छैन । यी त भए हाम्रो देश भित्र गरिने विवाह ।
अहिले आएर खै किन हो कुन्नी फरक संस्कृती , फरक ठाउ , फरक देश देशको नागरिक संग विवाह गर्ने फेशन नै चलेको छ । एक आपसमा मन पराएर विवाह गर्न त नराम्रो होइन तर अन्जान व्यक्ति संग बांकी जीन्दगी विताउछु भनेर विवाह गर्नु मेरो विचारमा मुर्खता हो । यस मुर्खताले पछुताउनु बाहेक अरु केही हात पर्ने वाला छैन ।
आफ्नो भविष्यको या भनु व्यक्तिगत कुराहरु उसको स्वविवेकले आफूले नै निर्णय गर्ने उसको अधिकार छदा छदै पनि जव व्यक्तिगत मामिला व्यापार व्यवसायमा परिणत भयो भने त्यो निश्चय नै घातक हुने छ । अहिले आएर विवाहलाई व्यवसायमा ढालेर म्यारिज व्यूरोहरु धमाधम खुलेका छन । यो दलालीहरुको अर्को रुप हुन पुगेको छ । एउटा फोटो र परिचयको भरमा के हाम्रा दिदी बहिनीहरु विवाहको लागि साचीनै तयार भएका हुन त ? केही प्रतिशत दिदीवहिनीहरु विवाह नै गरेतापनि बढीजसो विवाहको नाममा कोरिया प्रवेश गरी काम गर्ने र पैसा कमाउने उदेश्य बोकेको पाइन्छ । विदेशी केटीसंग विवाह गर्ने कोरियन कस्तो होला उसको उदेश्य ,दर्जा के होला या भनु कुनै पनि व्यक्ति अरु संस्कारको केटी संग किन विवाह गर्न चाहन्छ । यो कुरा हामीले मनन गर्नुपर्ने हुन्छ । यसरी विवाह गरेर आउनु हुनेहरुको कथाको एउटा महाभारत नै बनिसकेको छ । विवाह गरेको १५ दिन नै नवित्दै कुटपिट गरी घरमा नै बन्दी बनाएर राख्ने,नेपालीहरु संग भेट गर्न पनि नदिने ,यौन शोषण गर्ने जस्ता अपराधिक कृयाकलाप गरिरहेका छन । उनीहरुको कथा यति दर्दनाक छ व्यक्त गर्न सकिन्न । उहाहरु आत्महत्या गर्ने सोचसम्म पुग्नुभएको थाहा भयो ।
यसरी समस्यामा पर्नेहरु धेरै भए पनि सम्पर्क हुन भने गाहो भइरहेको अवस्था छ । जानकारीमा आएसम्म कोरियामा दलाल र एकजान वकील सहितको गिरोह छ । उनीहरुलाई समस्याको बारेमा बोल्दाखेरी ज्यान समेत मारिदिने धम्की दिने गरेका छन । विवाहको भिसामा आउनेहरुको एक दुई जनालाई राम्रो भएको देखिएता पनि अधिकांश दुःखमा परेका छन । यो प्रवृती यसरी नै बढदै जाने हो भने यो समस्याले विकराल रुप लिने छ ।
एक जोर दौरा सुरुवालको लोभमा गरिने लमि काम अहिले सामुहिक रुपमा प्रचलनमा रहेको त्यो पनि डलरको लेनदेनमा । उहाहरुलाई एउटा कुरा भन्न मन लाग्छ । यसरी यस्तो खालको काम कोरियन संग मिलेर गर्नु मिलेर गर्नुभन्दा उद्योग धन्दाको काम गर्न सकियो भने राम्रो हुने थियो । कुनै जानकारी नै नपाएका नेपाली दिदीबहिनीहरुलाई विवाहको नाममा गरिने यो कामले समस्याको पहाड बनाएको छ । जुन पिडितको लागि चढनै नसकिने पहाड भएको छ । दिदी बहिनीहरुले पनि सोच्नुपर्ने कुरा के हो भने विकसित देशमा विवाह गर्दै सुःख पाइन्छ भन्ने भ्रम हटाउन पर्ने देखिन्छ ।
सरकारी निती नियम जे भएपनि विवाह भिसामा आउनेहरुलाई नेपाल सरकारले समस्याको समाधानको कुनै ठाउ दिएको छ ? कतिजना दिदीबहिने कोरिया प्रवेश गरे राजदुतावासमा केही रेकर्ड छ र ? कोरियासंग मिलेर गरिरहेको यो लागि काम ठिक छैन भन्नै सबैले बुझ्नुपर्ने कुरा हो र नेपाली दिदीबहीनी ले अझ बुझ्नु जरुरी छ ।।।

भूपेन्द्र खत्री
एन सीसी ख्यंगसांगनाम्दो पूर्व अध्यक्ष

सम्बन्धित समाचार

लोड हुदै....