Pardehshilife

के नेपाल विग्रियकै हो वा लुट्न छुट भएकै हो ?

चुडामणी अधिकारी ,

खै काहॉ बाट शुरु गरु लेख्न मन लाग्यो तर शुरु नगर्दै भावुक भैयो।यो गित गाउनको लागी कसरी बाध्य भए अथवा कसरी सके गायक पशुपति शर्माले म अचम्मित छु।साच्चै मेरो देशको हालत हेर्दा मुटु माथि ढुंगा राखी हास्नु पर्या छ भने जस्तै छ। गित पुरै सुने आखॉ रसाय तर मन समाले सुक्ष्म तरिकाले विश्लेषण गर्न थाले मन अली दरो बनायर किनकी गितमा प्रयोग भएका शब्दहरु अलि मार्मिक खालकै छन। सोचे किन यस्तो गित गाउन प्रेरित गर्यो?समाज निरासाबाद तिर जाने की आशाबादी हुने?आइन्दा यस्तो नहोस भन्ने चेतावनि हो कि?समाजलाइ सुधार्न खोजिएको कि तनाब तिर लौजान खोजिएको?

केही मेसो पाउन सकियन तर गितले समाज गिज्जल्यो रमाइलो मान्ने कुरा बास्तबमा ठिक होइन।तैपनी नेपालीको आफ्नै बाध्यता छ मेहनेत कम सपना सार्है ठुला। राष्ट्रीयताले ओतप्रोत भएका गितहरु सुन्दा जुरुक्क उठ्ने समाज यस पाली थेचारियो। केहि कुराहरु यथार्थ लागेता पनि पुरौ गित अलि अस्वभाबिक लाग्छ।

हाम्रो कस्तो समाज हो वा कस्ता राजनितीक नेताहरु हुन सधै सत्तामा रमाएकाहरु यसपाली सत्ता बाहिर हुदा गितमा रमाएका छन मानौ उनिहरु सधैका प्रतिपक्ष हुन।

एक सांसदले २५ हजार  दिने कुरा संसद मै दर्ज गराय अर्का सांसदले तिमी यो गित दुरुस्तै गाउ म १ लाख दिन्छु भने। लाज नभएका हुन की लाज पचेका हुन कस्तो संस्कार सिकाउलान यिनले बिल्खबन्दनमा परिएको छ। देशको राजनैतिक परिवर्तन बारे पनि हामी जानकार हुनै पर्छ। नेपाल कसैको पराधिन वा औपनिबेशिक मुलुक होइन तथापी जनता पराधिन बन्नु परेको छ यो यथार्थ हो।

मुलुकले आन्तरिक संघर्षहरु धेरै गरेको इतिहास हाम्रो सामु छ। २००७ सालको गौरवमय इतिहास हुदै ०३६ सालको बिध्यार्थी आन्दोलन र ०४६को जनआन्दोलनले पनि हामिलाइ पुर्ण प्रजातन्त्र दिन सकेन फलस्वरुप राजनैतिक परिवर्तन अधुरो नै रह्यो। मुलुकमा जनयुद्धको रापताप र दलमाथिको प्रतिबन्दको कारण माओबादी र सात दलको मिलन हुन पुगि १२ बुधे समझदारी पश्चात ०६२/०६३को दोश्रो जनआन्दोलनले निरंकुस राजतन्त्रलाइ शिंहासनबाट झारेको थियो। मुलुक यतिमा मात्रै रोकियन अझ अघि बढी संबिधान सभाको चुनाब गराइ बिधी संवत प्रकृया बाट राजतन्त्रको युग समाप्त गरी गणतन्त्रको युगमा प्रबेश गरेको थियो।

अहिले राष्टपति आलांकारिक छन र प्रधानमन्त्री कार्यकारी यि त भए राजनैतिक क्रान्ती तिनका उपलब्धीहरु। प्राकृतीले सुन्दर देश हाम्रो नेपाल राजनैतिक परिवर्तनका आन्तरिक द्वन्धले यत्रो बर्ष रुमल्लिनु पुग्यो। यसो बामे सर्न लागेको हाम्रो अर्थतन्त्रमा भुकम्प र नाकाबन्दीले थिलोथिलो बनायो।

जेनतेन संबिधान बन्यो तर कार्यान्वयनमा बहुत मेहनेत गर्नु पर्यो र मात्र ३ तहको चुनाब भयो बल्ल हामि संग ३ तहकै सरकार छन। राजनैतिक परिवर्तन के सहिदहरुले यतिका बलिदानी नगरेको भए संभव थियो?

नेताहरु इमान्दार रुपमा आन्दोल र नेत्रित्व नगरेको भए के संभव थियो यतिका परिवर्तन? निश्चितै रुपमा उत्तर आउछ थिएन तेसैले हाम्रा अग्रज राजनैतिक नेत्रित्वले जेल नेल टाउकाको मुल्य समेत तोकियर गरेको त्याग तपश्याको मुल्य गाली गलोज कदापी होइन र हुन सक्दैन। तर यसो भनिरहदा नेताहरु अबको सम्बृद्ध नेपाल निर्माण अभियान बाट भाग्नु हुदैन।

३ करोड नेपाली जनता नजुटी किन कसरी बन्ला सम्बृद्ध नेपाल? हुन त नेपाली जनताले बहुमत झण्डै २/३ नेकपालाइ दिएका छन त्यसैले त बलियो ५ बर्ष टिक्ने सरकार बनाउन पायका छन यस नेपाली जनताको असिम बिश्वासलाइ नजर अन्दाज गर्ने हो भने यस्ता गितहरु अरु पनि आउने छन। अन्तमा, अस्थिर सरकार र आजित भएको नेपाली समुदाय अनि अस्थिर सरकारमा खेलेको नेपालको हरेक कर्मचारि बर्गले अब सोच्नै पर्दछ कि आफु कुलमान घिसिंग जस्तै बन्ने की भ्रष्ट पाठक, शर्मा जस्तै बन्ने? निश्कर्षमा भन्न सकिन्छ अब हरेकले देश प्रती योगदान गर्नै पर्दछ।

सम्बन्धित समाचार

लोड हुदै....