Pardehshilife

कृष्ण ओली लाई कोरियाबाट ओएनयूफको सहयोग

कोरिया ।
प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले कृष्ण ओलीलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाली कम्यूनिष्ट पार्टीको केन्द्रीय कार्यलय धुम्बाराही, काठमाण्डौमा एक कार्यक्रम विच सो सहयोग रकम वुधवार हस्तान्तरण गरिएको हो ।
मञ्चले कोरियामा गरेको अभियानमा २१४ जनाबाट संकलित ४ लाख ४९ हजार ६० रुपैया संकलन गरेको थियो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा नेकपाको प्रवास हेर्ने संघिय सांसद तथा केन्द्रीय सदस्य विन्दा पाण्डे , नेकपा केन्द्रीय सदस्य युवराज कार्की , नेकपा केन्द्रीय सदस्य तथा पार्टी कायलय सचिव कृष्ण गोपाल श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई लगायत नेताहरुको उपस्थिती थियो ।
यसै गरि कोरियाबाट फर्केका मञ्चका सल्लाहकार काजी नेपाल, वुसान शाखाका निवर्तमान अध्यक्ष हरि थपलिया,  मञ्चको निवर्तमान महासचिव नविन गुरुंग लगायतको पनि कार्यक्रममा सहभागिता थियो ।
रुकुम जिल्लाका ओलीलाई दाङमा विधुत सम्बन्धि काम गर्दा करेन्ट लागेर गम्भीर घाईते हुन पुगेका थिए।

सम्बन्धित समाचार

लोड हुदै....