Pardehshilife

किम्हेमा हुने सेवा सेवारो सांस्कृतिक कार्यक्रम तयारी पुरा

सेवा सेवारोका मुख्य कलाकार राजेश पायल राई  कोरिया आईपुगे
बुसान , परदेशी संवाददाता ।
किरात याक्थुङ चुम्लुङ र किरायत राई यायोक्खा बुसान ख्यंगसांगनाम्दो शाखाको आयोजनामा यही सेप्टेम्बर १२ तारिख किम्हेमा हुन लागेको सेवा सेवारोको मुख्य कलाकार राजेश पायल राई कोरिया आईपुगेका छन ।


हिजो कोरिया आएका राईलाई आयोजकले स्वागत गरेको छ । साथै अन्य कलाकारहरु आज आईपुग्ने आयोजकले बताएको छ । यसको साथै कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । किम्हेमा हुन लागेको सो सांस्कृतिक कार्यक्रमको लागि कोरियाको विभिन्न ठाउँमा यातायातको व्यवस्था रहेको छ ।
ूहाम्रो पहिचान संस्कार निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मूल नाराका साथ अनाथ
बालआश्रम सहयोगार्थ कोरियाको महान चाड छुसकको अवसर पारेर आयोजना हुन लागिरहेको “सेवा(सेवारो सांगीतिक कार्यक्रम” लाई भव्य र सफल पार्न उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रममा राजेश पायल राई सहित कलाकारहरु ,मेलिना राई ,नम्रता सापकोटा, तारा प्रकाश लिम्बु , जेश्मी लिम्बु, रेश्मा पुन मगर , शुसम लिम्बु, अशोक मुकारुङ, भुमिका फिया लिम्बु ,र मविन्द्र राई ले भरपुर मनोरञ्जन दिनेछन ।
को प्रस्तुती रहनेछ ।

सम्बन्धित समाचार

लोड हुदै....