Pardehshilife

एभरेस्ट प्रिर्मियर लिग को उपाधी ललितपुर लाई

एभरेस्ट प्रिर्मियर लिग को उपाधी ललितपुर ले उचालेको छ । किर्तीपुर स्थित टियु क्रिकेट मैदान मा भयको उपाधी भिडन्तमा भैरहवा ग्लाडियटस् लाई १४ रन ले पराजित गर्दै ललितपुर ले उपाधी उचालेको हो नेपाली रास्ट्रिय टिम का उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल को कप्तानीमा रहेको ललितपुर ले टस हारेर पहिला ब्याटिङ को निम्तो पायको थियो ।अोपनर जय किशन कोल्सावाला को अर्धसतकीय पारी को बलमा ललितपुर ले १५५ रन को सम्मानजनक स्कोर बनाउन सफल भयको थियो ।

कोल्सावालाले ३ छक्का र ३ चाैका को मधतमा ५७ रन जोड्न सफल भय अर्का अोपनर गाैरभ तमोरले २३ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा अाउट हुदा अर्का खेलाडी पबन सर्राफ रनअाउट हुन पुगे । ललितपुर का लागि अाक्रमक खेल प्रस्तुत गरे सन्दिप जोरा ले उनले ११ बल मा २४ रन जोडे अन्य खेलाडी कुशल ११, सोनु तामाङ २,तथा योगेन्द्र कार्की ३ रन मा अाउट भय। भैरहवा का लागि कृष्ण कार्की ले ३, मोहम्मद नाभिद र रेनटेन डोट्स्चेले २-२ विकेट लिदा शरद भेषाबाकर र भुबन कार्की ले १-१ विकेट लीय ।

१५६ रन को लक्ष्य पछ्याएको भैरहवाको लागी अोपनिङ गर्न अायका प्रदिप एेरी र डोट्स्चेले ३५ रनको साझेदारी गरे । भैरहवाको पहिलो विकेट को रुपमा डोट्स्चे १४ रन मा अाउट भय प्रदिप एेरी ले ३४ तथा रबिइन्दर सिंहले २९ रन जोडनु बाहेक अन्यखेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । अारिफ शेख १२, शरद भेषावाकर १४, नाभिद १०,रोहित पाैडेल ६,तथा कुशल मल्ल १६ रन मा आउट भय । ललितपुर का लागी ललित राजवंशीले ३तथा पवन सर्राफ र योगेन्द्र कार्की ले २-२ विकेट लिय ।

सम्बन्धित समाचार

लोड हुदै....