Pardehshilife

एन आर एन कोरियामा वुद्धी गुरुंग ,यज्ञराज सुवेदी र विपिन गुरुंग को त्रिपक्षिय भिडन्त,

सोल ।
एन आर एन कोरियाको अध्यक्षमा ३ जना भिडने भएका छन । एन आर एनको संस्थापनकाल देखि सक्रिय रहेका यज्ञराज सुवेदी , वर्तमान वरिष्ठ उपाध्यक्ष विपिन गुरुंग र गत वर्ष समेत उम्मेदवारी दिएका वुद्धि गुरुंगको उम्मेदवारी परेको छ ।

जन्म ताप्लेजुङ र झापाको बसाईको कारण उनलाई पूर्वाञ्चल क्षेत्रका कोरियाका नेपालीको विशेष साथ सहित कोरियाका नेपालीले सहयोग गर्ने अनुमान छ । सुवेदी विगत २५ वर्षदेखि कोरियामा श्रमिकको पक्षमा काम गर्दै आईरहेका छन भने माईग्रेन्ट हाउस किम्हेको अध्यक्ष पनि हुन । यसैगरी उनी प्रवासीको तर्फबाट कोरियन राष्ट्रपतिको मानार्थ सल्लाहकार छन । उनको कोरियाको दक्षिणी क्षेत्र सहित सोलबाहिरको एरियामा विशेष पकड छ भने उनलाई स्वतन्त्र व्यक्तिहरुको समेत समर्थनमा उनी जीतको लागि दावेदार छन ।

यसैगरी वर्तमान वरिष्ठ उपाध्यक्ष विपिन गुरुंग पनि अहिलेको बलियो प्रतिस्पर्धि हुन । वर्तमान वरिष्ठ उपाध्यक्ष रहेकोले समेत उनले अध्यक्षको लागि आफ्नो दावी रहेको बताउछन । बरिष्ठ सल्लाहकारको रुपमा विभिन्न संघ संस्थामा सक्रिय बाग्लुङका विपिन गुरुंग बलियो प्रतिस्पर्धिको रुपमा रहेका छन ।

 

एन आर एन कोरियाका अर्का अध्यक्षका उम्मेदवार बुद्धि गुरुंग हुन । गत बर्षका पनि अध्यक्षका उम्मेदवार उनी सहमतिमा लक्ष्मी गुरुंगलाई पद छोडेका हुन । गत वर्ष आफूले त्याग गरेको कारण यस वर्ष आफू जसरी पनि आउनुपर्ने उनको भनाई छ । कास्की जिल्लाले आधिकारीक समर्थन , सुवन क्षेत्र र व्यक्तिगत सम्पर्कको कारण उनी पनि अहिलेको बलियो प्रतिस्पर्धि हुन ।
गत वर्ष आफूले त्याग गरिसकेको भन्दै आफू पछि हटन नमिल्ने हुदा सबैको साथ रहने उनको विश्वास छ ।

यसैगरी आई सि सि सदस्यमा २ जना लक्ष्मी गुरुंग र ओम जुक्जालीको मात्र उम्मेदवारी परेकोले निर्विरोध हुने देखिएको छ ।
यता बरिष्ठ उपाध्यक्षमा पहिलेका महासचिव दिपक पुन र अहिलेका उपाध्यक्ष अमृत राई लडदैंछन ।
पुनलाई बाग्लुङ समाज , मगर पुन समाज ,प्रवासी एकता मञ्चको समर्थनदेखिएको छ भने गृह क्षेत्र पश्चिममा उनको विशेष पकड पनि छ । यस्तै अर्का उम्मेदवार अमृत राईलाई राई , पूर्वाञ्चल र जनसम्पर्क समितिको प्यानलले सहयोग गर्ने आश छ तर उनी जनसम्पर्क समितिको भने होईनन ।

यसैगरी ३ जनाको उपाध्यक्षको लागि ६ जना प्रतिस्पर्धिहरु रहेका छन । जसमा सोमबहादुर तामांग, संजीव राई , यदु लामिछाने, अम्बिका डिसी पार्क , ईश्वर बहदुर रोकाया र सुरेश खत्री रहेका छन ।
त्यस्तै महासचिवको लागि एन आर एन का पूर्व प्रवक्ता डा. विमल सुवेदी र धर्मराज जोशी विच कडा प्रतिस्पर्धा हुने भएको छ । डा.सुवेदीलाई कास्की परिवारको आधिकारीक समर्थन छ भने पश्चिम क्षेत्रमा उनको पकड देखिन्छ साथै प्रवासी नेपाली एकता मञ्चको समेत उनलाई साथ हुने देखिन्छ । उनी नेपाली विधार्थी समाज (सोनसिक)कोरियाका पूर्व अध्यक्ष हुन ।
यस्तै अर्का प्रत्यासी धर्मराज जोशी पनि कडा प्रतिस्पर्धी हुन । सुदुर पश्चिम समाजका पूर्व अध्यक्ष जोशी सामाजिक रुपमा सक्रिय छन । उनलाई जनसम्पर्क समितिको प्यानलको साथ हुने आश छ । तर उनी आफू भने जनसम्पर्क समितिकोे होईनन ।

यस्तै सचिव पदमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । २ सचिव पदको लागि मनोज गौतम, राजकुमार स्यांगताङ ,डा. किशोर कोईराला, रोशन भट्टराई ४ जना चुनावी प्रतिस्पर्धामा छन ।
यसैगरी कोषाध्यक्ष पदमा चन्द्र राणा, राजेन्द्र दुलाल , कुसांङ शेर्पा र संगिता कुवँर ले उम्मेदवारी दिएका छन ।
सहकोषाध्यक्षमा शन्तोष खडकाले एक मात्र उम्मेदवारी दिएकाले उनी निर्विरोध हुनेछन । युवा संयोजक एक पदको लागि अरुण श्रेष्ठ(ईपिएस छिन्गु), अभिषेक सापकोटा, टिका थेजिन लिम्बु गरी ३ जनाको उम्मेदवारी परेको छ ।
अर्को पद महिला संयोजकमा जेजुदो बस्ने शुभद्रा पालुंवाको एक मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध हुने छिन ।
यसैगरी ६ जना सदस्यहरुको उम्मेदवारी परेकोमा उनीहरु पनि निर्विरोध हुने देखिएको छ
सदस्यका प्रत्यासीहरु , उमेश पोख्रेल ,ओम बहादुर कार्की ,सुवास चन्द्र चौधरी ,अवधेश कुमार चौरसिया ,बिश्वमणी दाहाल ,दिनेश चौँलागाई रहेका छन ।

उम्मेदवारी फिर्ता लिने समय शुक्रबार बेलुका १० बजे राती सम्म रहेको र केही सामान्य पदमा १,२ उम्मेदवारले फिर्ता लिएपनि मुख्य पदहरुमा भने फिर्ता लिने सम्भावना कम रहेको श्रोतको दावी छ ।h

निर्वाचन समिती द्वारा सार्वजानिक उम्मेद्वारहरूको नामावली यस्तो छ :

आईसीसी सदस्य

१)लक्ष्मी गुरूंग –

२)ओम नारायण जुग्जाली

अध्यक्ष

यज्ञराज सुवेदी –

बिपिन गुरूंग

बुद्दि गुरूंग

-बरिष्ठ उपाध्यक्ष

दिपक पुन

अमृत राई

उपाध्यक्ष

सोम बहादुर तामांग

सन्जिव कुमार राई

अम्बिका डिसी पार्क

सुरेश खत्री

यदु लामिछाने

ईश्वर बहादुर रोकाया

महासचिव

डा.बिमल सुवेदी

धर्मराज जोशी

सचिव

डा.किशोर कोईराला –

रोशन भट्टराई -सचिव

राजकुमार स्यांगतान

मनोज गौतम

कोषाध्यक्ष

चन्द्र राना-

कुसाङ शेर्पा

संगिता कुवँर

राजेन्द्र दुलाल

सह-कोषाध्यक्ष

सन्तोष खड्का

यूवा संयोजक

अरूण श्रेष्ठ

अभिषेक सापकोटा

टिका थेजिन लिम्बु

महिला संयोजक

शुभद्दा पालुंवा

सदस्यहरु

उमेश पोख्रेल

ओम बहादुर कार्की

दिनेश चौँलागाई

सुवास चन्द्र चौधरी

अवधेश कुमार चौरसिया

बिश्वमणी दाहाल

स्थान :उद्घाटन शनिबार बिहान 9 बजे,याक्सु छङ्सुन्योन हेग्वान,याक्सु स्टेसन 5 नम्बर गेट,,, मतदान गर्ने स्थान,जोगेसा हल,आईतबार  बिहान 8:30 बजे देखि वेलुकी 6 बजे सम्म!!!

सम्बन्धित समाचार

लोड हुदै....