Pardehshilife

एन आर एन कोरियाको अध्यक्षका उम्मेदवार विपिन गुरुंगको अपिल

सोल । एन आर एन ए कोरियाको अध्यक्षकाका उम्मेदवार विपिन गुरुंगले आफूलाई भोट दिन कोरियाका नेपालीलाई अपिल गरेका छन । अध्यक्षका प्रत्यासी गुरुंगले आफू एन आर एन ए कोरियाको बरिष्ठ उपाध्यक्ष भएको हुदा अध्यक्षको लागि प्रमुख दावेदार रहेको बताएका छन ।
उम्मेदवार विपिन गुरुंगको अपिल

कोरियामा रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु मा नमस्कार !! याहाॅहरुले विगतका दिनहरु मा गर्नुभएको सहयोग र साथलाई आत्मासाथ गर्दै यहीॅ आउदोॅ सेप्टेम्बर २१ र २२ मा हुन गईरहेको NRNA कोरियाको सातौॅ महाधिवेशनमा म आफुलाई अध्यक्ष पदमा उमेदवारी दिएको छु। मेरो प्रतिबद्धताहरु यस प्रकार रहेका छन् :

१. NRNA दक्षिण कोरियालाई कानुनी रुपमा दर्ता गराउने : गैरआवासीय नेपाली सॅघ दक्षिण कोरियालाई सर्वप्रथम कानुनी रुपमा दर्ता गराउने पहल रहनेछ।धेरै प्रकृया अगाडि बढेको पनि जानकारि गराउँदछु। सॅस्थालाई कानुनी रुपमा कोरिया सरकारमा दर्ता गरेर हाम्रो टिमले विगतमा भन्दा धेरै र भिन्न प्रकारका सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गरिनेछ।

२. कानुनी,आर्थिक र मनोवैज्ञानिक सहयोग गर्ने: कोरियामा रहेका विभिन्न सॅघसॅस्था,एनआरएन का क्षेत्रिय पदाधिकारी,बुद्धिजिवी,सम्पूर्ण श्रमजिवी,विधार्थी,व्यवसायी तथा सम्पुर्ण सञ्चारकर्मीहरु सॅग मिलेर याहाॅ रहेका हामी नेपालीहरुको हकहित,कानुनी समस्या,तनाव तथा विरामीहरुको उपचारार्थ,आर्थिक तथा कानुनी सहयोग र सम्सया सभाधानमा लाग्ने छौॅ। दुतावास र कोरिया सरकारसॅग मिलेर हामी सबै एकजुट भएमा धेरै राम्रा काम गर्न सकिन्छ,यसमा मेरो विशेष जोड रहनेछ।कोरियामा नेपालीहरुको सॅख्या वृद्धि सॅगै प्रत्येक महिना जसो विभिन्न घटानाहरु गटिरहेका छन् र यसको समाधान गर्नको लागि उपयोगीमूलक कार्यक्रमहरु र परामर्श सेवा प्रदान गरिनेछ।

३. अक्ष्यकोष स्थापना : दुई बर्षीय कार्यकालमा जतिसक्दो नेपालमा रहेका पिछिडिएका पीडित र असक्त, वृद्ध,गरिब तथा जेहेन्दार विधार्थीहरुलाई सहयोगका लागी आर्थिक सॅकलन गरी आवाश्यक सहयोग गर्ने र यसका लागि ५० लाखॅ देखि १ करोड सम्मको अक्ष्यकोष निमार्ण गरिनेछ। साथै यस बाट आएको ब्याजले नेपालमा रहेको दु:खी पिडितको सहयोग गरिनेछ।

४. एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने : NRNA कोरियाले एनआरएन आईसिसि सॅगको सहकार्यमा पहिलो पटक एतिहासिक एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ।यसका लागी कोरियामा रहेका सॅघसॅस्थाका प्रतिनिधि ज्युहरु सॅग सहयोग सल्लाह लिएर काम गरिनेछ।

५. लगानीको वातावरण बनाउने : कोरियामा कमाएको शिप र पुजीॅबाट आफ्नै देशको समृद्धको लागि एउटा ठूलो र सेवामूलक तथा आयमूलक कोरियन परियोजना निर्माण गरि नेपालीहरुको जीवनस्तर माथि उकास्न पहल गर्नेछौॅ। यसका साथै सॅसार भरि छरिएर बसेका एनआरएन का अति सफल तथा विशिष्ट व्यक्तिहरुसॅग मिलेर नेपालको कृषि,पर्यटन,होटल व्यवसाय,हाइड्रोपावर जस्ता आयमूलक प्रोजेक्टमा कोरियाबाट पनि लगानी गर्नको लागि सेमिनारहरुको आयोजना गरि आफ्नो लगानी निश्चित रुपमा नफस्ने ग्यारेन्टी हुने गरी निती नियमहरु बनाउनेछौॅ।

६. सॅस्थाको गतिविधि पारदर्शी बनाउने : NRNA कोरियाको गतिविधिहरु,हिसाब किताबलाई पारदर्शी बनाईनेछ।साथै सॅस्थाको वेवसाइट तथा फेसबुक पेजदृरा अपडेट गराईनेछ।सॅस्थालाई कसरी स्वच्छ र मर्यादित बनाउने भन्ने बिषयहरुमा गम्भीर भएर कसैले औॅला उठाउने ठाउॅ राखिने छैन।

अन्तयमा,यस सॅस्थामा रहेर विगतमा गरेका आफ्नो केहि राम्रो कामहरुलाई थप निरन्तरता दिदै यस सॅस्थाको गरिमालाई उच्च कायम गर्न अझ अगाडि बढ्ने प्रतिबद्धता जायर गर्दछु र यसका लागि एनआरएनए का पूव अध्यक्षज्युहरु,आईसिसि प्रतिनिधिहरु,डिआरसी,एसिया प्यासिफिक प्रतिनिधि एॅव वर्तमानको सम्पूर्ण कार्यसमिती र कोरियाका सम्पूर्ण नेपाली सॅघसॅस्थाका प्रतिनिधिज्युहरु सॅग सहयोग हुने विश्वास गर्दै याहाॅहरुको आवश्यक सल्लाह,सुझावका साथै सहयोग र साथको अपेक्षा राख्दछु।धन्यवाद !! विपिन कुमार गुरूङ अध्यक्षको उम्मेदवार एनआरएन दक्षिण कोरिया ( २०१९ – २०२१)

सम्बन्धित समाचार

लोड हुदै....