Pardehshilife

एन. आर. एन. ए. ले “किम्हे कप” पुल प्रतियाेगिता गर्ने

यसै क्रममा “एन. आर. एन. ए. किम्हे, ख्यंसांनाम्दो” शाखाले दोश्रो “एन.आर.एन.ए. किम्हे कप” पुल प्रतियोगिताकाे आयाेजना गर्ने भएकाे छ। पछिल्लाे समय काेरियामा नेपाली संस्था र ग्रुपहरूले पुल खेलकाे आयाेजना गर्दै आएका छन्।

पुल प्रतियाेगितामा भाग लिनकाे लागि इच्छुक खेलाडी संघ संस्था समुहलाइ मार्च १५ सम्म दर्ता गर्न  आयाेजकले अनुराेध गरेकाे छ।

पहिलो पुरस्कार – ५00000 वोन + सील्ड + मेडल + प्रमाणपत्र ,

दाेश्राे पुरस्कार – ३00000वोन+ सील्ड+ मेडल + प्रमाणपत्र

दर्ता शुल्क- ५०,००० वोन मात्र( दर्ता भएका खेलाडीलाई नेपाली खाना सेट निशुल्क )

 

खेलका नियमहरु :-

१. खेल क्वाईन टसको माध्यम बाट सुरुवात (ब्रेक)गरिने गरिनेछ।

२.ब्रेक गर्दा सानो ठुलो दुबै गएमा ब्रेक गर्नेले छान्न पाउने छ,सानो र ठुलो मध्ये दुबै गएमा जुन बडी जान्छ त्यो नै ब्रेक गर्नेको वा पहिलो पटक बल छिराउनेको हुनेछ ।

३.ब्रेकमा कालो सगै अन्य बलहरु गएमा पनि ब्रेक गर्नेले खेल जित्नेछ, यदि क्यू बल(white ball) पनि सगै गएमा विपक्षिले उक्त खेल जित्ने छ। ४.फल भएमा फ्रि सट(free shot) नियम लागू हुनेछ ।

५. CAUSINE TOUCH को नियम लागू हुनेछ।

६.फाइनल बाहेकका अन्य सबै खेल बेस्ट अफ थ्री (Best of three)का आधारमा खेलाइने छ भने फाइनल खेल BEST OF FIVE को आधारमा खेलाइने छ।

७.खेलाडी वा दर्शकले खेल भइरहेको स्थानमा खेलाडीलाई प्रभाव पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न निषेध गरिनेछ।

८.खेलको क्रममा खेलाडीले सोच्ने समय धेरै लिएमा वार्निङ बेल बजाइने छ र ५ मिनेट मा फल घोषणा गरिने छ।

९.खेल समयमा खेलाडी उपस्थित नभएमा फोन गरि १० मिनेट सम्म को समय दिइने छ।

नोट – खेल खेलाउने क्रममा अन्य अवस्था सृजना भएमा “मार्कर”ले गरेको निर्णय नै अन्तिम निर्णय मानेर खेल अगाडि बढाईने छ।

खेल हुने स्थान- न्यू लिटिल ईन्डिया एण्ड नेपाली रेष्टुरेन्ट, किम्हे

मिति -२०१९/०३/१७ समय -बिहान ठिक १० बजे बाट सुरु हुनेछ

थप जानकारीका लागी बुद्धि गुरुङ : 01044925569, बेलमान थापा : 01027664696, सुजता बस्नेत : 01067124526, ओम कार्की : 01036482661, इश्वर भन्तना : 01031480842

सम्बन्धित समाचार

लोड हुदै....