Pardehshilife

एन. आर. एन. ए. दोश्रो किम्हे कप सम्पन्न, आङछिरिङ शेर्पा बने विजेता

 “नसोचौँ यो पुल हो मात्र खेलको यन्त्र, बनाऔँ यसलाई भाईचाराको मुल मन्त्र” भन्ने मुल नाराका साथ कोरियामा बसोबाँस गर्ने नेपालिहरु माझ आपसी सद्भाव र भाईचारा अभिवृद्धि गर्नुका साथै खेल क्षेत्रमा जागरुकता कायम गर्नका लागि “एन.आर.एन.ए. किम्हे, ख्यङ्साङ्नाम्दो” शाखाले आयोजना गरेको दोश्रो “एन.आर.एन.ए. किम्हे कप” पुल प्रतियोगिता आज दक्षिण कोरियाको किम्हे स्थित न्यु लिटिल ईन्डिया एण्ड नेपाली रेष्टुरेन्टमा सम्पन्न भएको छ ।

एन.आर.एन.ए. दक्षिण कोरियाका केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मि गुरुुङ्गको प्रमुख आतिथ्य र एन.आर.एन.ए. किम्हे, ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्ष बेलमान थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथिहरुमा एन.आर.एन.ए. दक्षिण कोरियाका केन्द्रिय सचिव केशव थापा, किम्हे माइग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदि, एन.आर.एन.ए. बुसान शाखाका अध्यक्ष उमेश मेवाहाङ राई, एन.सि.सि बुसानका अध्यक्ष संगित अधिकारि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरु र खेलाडीहरुलाइ समितिको उपाध्यक्ष सुजता बस्नेतले स्वागत मन्तव्यबाट स्वगत गर्नुभयेको थियो भने कार्यक्रम सन्चालन सचिव ओम कार्किले गर्नुभयेको थियो। समितिका सदस्य इश्वर भन्तनाले प्राबिधिक जिम्मेवारी बहन गर्नुभयेको थियो भने महासचिव नवराज सुबेदि र सुजत बस्नेतले अतिथी सत्कारमा सरिक हुनुभयो। बिहान ठिक १० बजे बाट सुरु भएको खेलमा ३८ जना खेलाडीहरुले सहभागीता जनाएको थियो। ३८ जना खेलाडीलाई पछि पार्दै प्रतियोगिताको उपाधि आङछिरिङ शेर्पाले चुम्दै ५००००० वोन + सील्ड + मेडल + प्रमाणपत्र प्राप्त गरे भने फस्ट रनरअप केसाङ्ग शेर्पाले जित्दै ३००००० वोन + सील्ड + मेडल + प्रमाणपत्र पाएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी नरेश श्रीस मगरले जित्न सफल भएका थिए। उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडिलाई किम्हे स्थित लुम्बीनि रेष्टुरेन्टले १००००० वन प्रायोजन गरेको थियो । उक्त प्रतियोगितामा खेल व्यवस्थापनमा समितिका वरिष्ठ उपाध्यक्ष बुद्धि गुरुङले विशेष भुमिका खेल्नुभयेको थियो भने मार्करको भुमिका उमेश राई थुले, बेलमान थापा र बुद्धि गुरुङले निर्वाह गर्नुभयेको थियो। खेलको अन्त्यमा नेपालबाट आउनुभएकी लोकदोहोरी गायिका दिलिसा पुन मगरलाई नेपाली लोक सङ्गीत क्षेत्रमा रहेर पुर्याउनु भएको अतुलनिय योग्दानको उच्च कदर गर्दै एन.आर.एन ए. किम्हे,ख्याङ्साङ्नम्दो शाखा द. कोरियाले प्रमाणपत्र सहित सम्मान गरेको थियो । कार्यक्रमका सभापति बेलमान थापाले कार्यक्रममा सहयोग गर्नुहुने संघ सस्थाका प्रतिनिधिहरु र सहभागी सम्पुर्ण खेलाडीहरुलाइ धन्यवाद दिनुभयो। कार्यक्रम समापन लगत्तै कोरिया बसाई अबधि सकेर यहि मार्च 22 मा नेपाल फर्किनलाग्नुभयेको सक्रिय सदस्य इश्वर भन्तना ज्युको सम्मान तथा बिदाइ कार्यक्रम गरेर उहाको नेपाल यात्रा सुखद हुनुका साथै नेपाल बसाई स्फल बनोस भनी शुभकामना ब्यक्त गरियेको थियो।

सम्बन्धित समाचार

लोड हुदै....