Pardehshilife

एनआरए कोरियाको उपाध्यक्षमा ईश्वर रोकायाको उम्मेदवारी घोषणा

एनआरएनको कोरियाको उपाध्यक्षमा ईश्वर रोकायाले उम्मेदवारी घोषणा  छन  । रोकाया सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान का अध्यक्ष हुन । लामो समयदेखि कोरियामा रहेका रोकाया बिभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय भुमिका खेल्दै निरन्तर समाजसेवा लागिरहनुका साथै समस्यामा परेका हरुलाई काम खोजिदिने देखि आफुले सकेको सहयोग गर्दै आउनु भएको छ ।

स्पस्ट वक्ता र हक्की स्वभावका रोकाया सामाजिक कार्यहरुमा सधै अगाडी रहेकै कारण कोरियामा रहेका नेपालीहरु माझ लोकप्रिय रहेको बताइन्छ । एनआरएन दक्षिण कोरियालाई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको हितमा,मजदुर मैत्री तथा थप सक्रिय र पारदर्शी ढंगले अघि बढाउने भन्दै एनआरएनको मूल्य, मान्यता र गरिमालाई नयाँ उचाई दिन आफ्नो उम्मेदवारी रहेको रोकायाले बताए ।

एनआरएन दक्षिण कोरियाको आगामी महाधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा अगाडी आउने क्रम सुरु भयको छ,अधिबेसन sep 21/22 तारिक कोरियाको राजधानी सेउलमा हुन गइरहेको छ।

सम्बन्धित समाचार

लोड हुदै....