Pardehshilife

एनआरएनए कोरियाको आगामि अधिवेसनमा क्षेत्रहरुमा पनि मतदान केन्द्र राख्न माग

संवाददाता,
१८ भदौ, सौल

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका दुईओटा क्षेत्रिय कमिटीले संस्थाको आगामी अधिवेसनकालागि मतदान केन्द्रहरु क्षेत्रमा पनि राख्न माग गरेका छन् ।
संस्थाको बुसान र थेगु सहितको ख्यङसान शाखा र जेजु शाखाले मतदान केन्द्रहरु शााखामा पनि स्थापना गर्न माग गरेका हुन् । दुवै शाखाले संस्थाका अध्यक्ष लक्ष्मी लामा गुरुङलाई आफ्ना क्षेत्रमा मतदानकालागि बुथ स्थापना गरिदिन माग गरेका हुन् ।
दुवै शाखाहरुले यसअघि यहाँका एनआरएनका पंजिकृत सदस्यहरुसँग संस्थाको अधिवेसनका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा मतदानकालागि राधजानी सौल नै जानुपर्ने बाध्यकारी अवस्थालाई हटाई मतदान केन्द्रहरु विकेन्द्रीत गर्न केन्द्रसँग अनुरोध गर्न सुझाएका थिए । जेजु शााखाले त्यहाँका नेपालीलाई मतदान कै लागि सौल जान खर्चीलो र झण्झटिलो भएकाले जेजु मै मतदान केन्द्र राखिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
छलफलमा सहभागिहरुले राजधानि बाहिर पनि धेरै नेपाली हुँदा हुँदै पनि संस्थाले केन्द्रलाई मात्र प्राथमिकता दिँदा सबै नेपालीले एनआरएनएलाई आफ्नै संस्था हो भनि अपनत्व लिन नचाहेको बताएका थिए ।
त्यस्तै संस्थाका ख्यङसाङ शााखाका अध्यक्ष बेलमान थापा मगरले यहाँका नेपालीहरुको मागलाई लिखित रुपमा संस्थाका अध्यक्ष सहित निर्वाचन मण्डललाई ज्ञापनपत्र पठाईएको बताए ।
दुवै शाखाले मतदानकालागि सौल नै जानुपर्ने यसअघिका परिपाटिका कारण यहाँका नेपालीहरु संस्थाको सदस्यता लिन उत्साहित नभएको बताएका छन् ।
ज्ञापनपत्रका विषयमा प्रतिक्रिया दिँदै संस्थाकी अध्यक्ष गुरुङले निर्वाचन मण्डलसँग छलफल गरेर निर्णयमा पुगिने जानकारी दिईन् ।
निर्वाचन मण्डलका संयोजक देवी वस्नेतले क्षेत्रबाट पत्र आएको तर क्षेत्रमा निर्वाचन गर्ने नगर्ने विषय फाईनल नभएको बताएका छन् ।

सम्बन्धित समाचार

लोड हुदै....