Pardehshilife

अग्रजहरुलाई सम्मानगर्दै सचिबमा उमेदवारी घोषणा गरकोहु -डा. किशोर कोईराला


आउँदो सेप्टेम्बर २१ र २२ गते हुन गइरहेको गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एन आर एन ए दक्षिण कोरियाको सातौ अधिवेशनको लागि उमेदवारी घोषणा चलिरहेको छ । यसैक्रममा चितवन का डा.किशोर कोईराला ले सचिब पदमा अाफ्नो उमेदवारी घोषणा गर्नु भयको छ।कोरियाको लामो बसाईको क्रममा विभिन्न संघ संस्थाको नेतृत्वमा बसेर काम गरिसकेको अनुभब रहेपनी एन अार एन कोरियामा बिगत देखि कामगर्दै अाउनू भयको अग्रजहरुलाई सम्मान गर्दै सचिबपद मा उमेदवारी दियको जनाउनू भयको छ

बिगत एक दशकदेखी कोरियामा रहेर विभिन्न सामाजिक काममा जोडिँदै अाउनु भयको कोईरालाले कोरियाबाट प्राप्त ज्ञान, सीप, क्षमतालाई नेपाल भित्र्याउन पहल गर्ने, कोरियामा नेपालको पर्यटन प्रबर्द्धन बढाउन सहयोग गर्ने, नेपाली कला संस्कृतिलाई प्रवासमा जर्गेना गर्न नेपाल र कोरियाबिच पुल बनेर कामगर्ने उहाको जिकिर छ ।

कोरिया मा दशक लामो बसाइका क्रममा माइग्रेन्ट सेन्टर, इम्मिग्रसन, प्रहरी आफिस्, अदालत्, विद्यार्थी संगठन ,एच आर डि कोरिया,पत्रकार महासंघ मा रहेर काम गरी सक्नु भयको कोइराला ले कामदारको समस्या, बिद्यार्थीहरुको समस्या नजिक बाट महसुस गरेको हुनाले तेस्लाई सबैको सहयोग लिएर समाधान गर्ने पहल, गर्ने र कोरियामा रहेका बिभिन्न संघ संस्थाहरु र दुतावाससघ हातेमालो गर्दै कोरिया मा रहेका सबै नेपालीहरुको साझा समस्यालाई समाधान गर्न अग्रसर रहनेकुरा बताउनु भयको छ ।

सम्बन्धित समाचार

लोड हुदै....